सड्यन्त्रको खेती लाउन छोडी देउन नेता ।
राष्ट्र लुट्ने तिम्रो लक्ष्य तोडी देउन नेता ।
विध्वंसको मार्ग मात्र कति रोज्छौ कठै !
जनताका टुट्या आशा जोडी देउन नेता ।
नेपालीको पसिनाले विदेश गुम्नु भन्दा
हाम्रै शुन्दर बगैंचा यो गोडी देउन नेता ।
नाता वादलाई मात्र कदर पराईलाई छैन किन?
गरिबको पिडा माथि नजर मोडी देउन नेता ।