सागर म लहर बनि चन्द्र तिमी छुन्छु
सुस्त सुस्त पवन बनि अङ्ग तिम्रो चुम्छु
जब छुन्छु शरीर तिम्रो कम्पन् यस्तो हुन्छ
बढ्दै जाँदा दिलको धड्कन श्वास मेरो थुन्छु
अधेरीमा कहिलेकाँहि तिम्रो सामु परे
अगांलोमा बेरिएर प्रणय गीत म सुन्छु
यस्तो चाह पलायो मन्मा तिम्रो साथमै रहुँ
तन्मा तिम्रो मन्मा तिम्रो नशा नशामा हुन्छु
चुम्छु तिम्रो अधर अनि बन्द आँखा रुन्छु