सगरमाथाभन्दा उच्च भयो महँगी ।
दिनैपिच्छे आकासिँदै गयो महँगी ।।
सुन्तलीको पोल्टाको त्यो मकैभटमासजस्तै ।
जनताको पोल्टाभरि रह्यो महँगी ।।
ठूलाबडाहरूबाट पा'को उपहार ।
हामीलाई अति प्यारो छ यो महँगी ।।
बस्तीबस्ती डुबाउने बर्खे भेलजस्तै ।
पिछडाको बस्तीतिरै बह्यो महँगी ।।
नहुनेले ढाडै सेक्ने सह्यो महँगी ।।