सग्लै छ भन्ठानेको थेँ, फुटिसकेछ,
जुनीभरको हाम्रो नाता, छुटिसकेछ !
हुर्की बढी लटरम्म, फलेको नि हो,
नियतिको असिनाले, चुटिसकेछ !
चङ्गा बनी मनाकाशमा, उडिरहँदा,
कति खेर कता धागो, टुटिसकेछ !
तिमी थियौ मेरो भाग्य, थियो मसित,
अनायासै कुन पापीले, लुटिसकेछ !
केही बेरपछि रहनेछ, केवल खरानी,
आगो दन्की धुवैँधुवाँ, उठिसकेछ !