साह्रै मन पर्याछ पल्लो गाउकी कान्छीलाई
जवानीले भर्याछ माया लाउकी कान्छीलाई
गाइ चराउन रानी बन एक्लै झर्छिन रे...
कुरा गर्न मैले नै उतै जाउकी कान्छीलाई
भञ्ज्याङैको बाटोमा आउने जाने गर्छिन रे
हाइ हेल्लो गरेर आजै आउकी कान्छीलाई
मिरमिरे को उषामा उन को मुहार हेर्न
सन्त जोगी बनेर सधैं धाउकी कान्छीलाई
घर बारै रसौला... नत्र बुढो कन्या बसौला
ज्यानैसुम्पी दिए है त्यही ठाउकी कान्छीलाई