साहुँको ऋण धेरै छ मेरो कसरी तिर्नु खै ।
खालिछ हात यतिकै घर कसरी फिर्नु खै ।।
श्रीमती छोरा छोरीले बाटो कुर्दैछ होलानी ।
बिजोग हुँदै गाउँमा आँफु कसरी छिर्नु खै ।।
सम्पती रै'छ भिरैमा मैले भेटिन समाउन ।
समाज देखी मनथेन मेरो कसरी गिर्नु खै ।।
सहन गार्हो मुटुमा ब्यथा चर्केको बेलामा ।
आँफैले मेरो दुखेको छाती कसरी चिर्नु खै ।।
बैमानी तक्मा सबैले दिए कसरी भिर्नु खै ।।
साहुँको ऋण धेरै छ मेरो कसरी तिर्नु खै ।
खालिछ हात यतिकै घर कसरी फिर्नु खै ।।