सजिलो वार कुनै छैन, हरेक वारै गाह्रो,
चारैतिर देख्छु सानी, म त गाह्रै गाह्रो !
लाखौँ जुनी काटेर पाइन्छ रे यो जुनी,
नपाएको भए हुन्थ्यो, भयो पा'रै गाह्रो !
थाहा छैन केवल प्राण धान्ने कसो गरी हो?
ढाडै सेक्यो महँगीले, यसको मारै गाह्रो !
गरिबसित परेर दुःख पायौ तिमीले,
साहूसित लिएको त्यो ऋणको भारै गाह्रो !
हामीलाई त पानी पिउने धारै गाह्रो !
'तिनका जस्तै चाचा-पापा' भन्छन् नानीहरू,
हुनेसित नहुनेलाई ज्युन साह्रै गाह्रो !