सक्छौ त देउ अब दिल खोलेर
सक्दिनौ त किन अब भाउ मोलेर !
बोलिको भर नहुनेले किन बोल्नु प्याच
आसै आसमा किन राख्नु, मिठो बोलेर !!
जलाएकै थियौ मुटु मेरो, पोल्थ्यो भत्भत्ती
अझ घाइते बनायौ, भुङ्ग्रा माथि पोलेर !!
कती बस्नु तड्पिएर मरे पछी सान्ती मिल्ला
तिम्रा हातले देउ पिउछु अब, बिष घोलेर !!