सक्दिन म जिउन नी निर्णय यो गरी सकें ।
अंश्रुधारा संगै म त बिलिन् हुन झरी सकें ।
थाकीसके मेरा सारा पाईला यो निरीह भै
बाहिर म बाँचे पनि भित्र भित्रै मरी सकें ।
पुरा हुन्न रहेछ ति सोंचे जत्ति लक्ष्य सबै
त्यसैले त उजाडीलो ओजेलमा परी सकें ।
चर्चाचल्यो गाउँभरि पिडित यो जिन्दगीको
अनि र पो लाजमानी एक्लासमा सरी सकें ।
मृत्यु भेट्ने मैले सबै ति जंगार तरी सकें ।