साक्षी राखी अग्नी ज्वाला साथै बाँच्ने कसम खान्छु
मुटु भित्र जुनी जुनी प्रीती साँच्ने कसम खान्छु !!
परेली यो चुँ'दा ओत लाग्ने काख मिल्छ भने
हात राखी शिरमाथि सधैं हास्ने कसम खान्छु!!
पाले पुन्य मारे पाप तिमी नै हौ मेरो प्राण
खुशी दिए मयुर झै संगै नाच्ने कसम खान्छु !!
विश्वाशको दियो बाल्नु दुनियाँले डाह गर्दा
युगौ जाने अजम्बरी प्रीती गास्ने कसम खान्छु !!
आँफै भित्र जली आफ्नै आत्मा मास्ने कसम खान्छु