लजाउदै जानिलाई सलाम छ मेरो
ति रुप कि खानिलाई सलाम छ मेरो
कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उन्को आनिबानिलाई सलाम छ मेरो
चट्ट जिउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो
सुर्य पनि गौण भयो लौन उनी सामु
आजको यो बिहानिलाई सलाम छ मेरो
फर्किएर हेरिदिदा बाच्ने चाह बढ्यो
जिन्दगी कि दानीलाई सलाम छ मेरो
भुईचालो ल्याईदिने मनमा अनुभवको
पोखरेली नानीलाई सलाम छ मेरो