सलाई कोरे बिना आगो, बल्छ पछुतोमा
बस्दा बस्दै पनि शरिर, गल्छ पछुतोमा
सोच्दिन म भने पनि, बाध्य पार्छ सोच्न
मन भित्र आँधि तुफान, चल्छ पछुतोमा
आफैबाट अन्जानमै, ठुलै गल्ति हुदा
जिन्दगीभर त्यहि कुरा, खल्छ पछुतोमा
छहारीमा बस या त, हिउँ भित्र पस
भित्र भित्र मुटु आफै, जल्छ पछुतोमा
मनभरी आँधिहुरी त्यहि, आगो सल्कि दिदा
गल्दै गा'को देह एक दिन, ढल्छ पछुतोमा