खेतबारी मात्रा किन अरु पनि फर्काउन ।
दुद्धे बालकको वात्सल्य पनि फर्काउन ।।
बक्बास तिम्रो झुट्को खेती गर्ने बानी,
ममताको न्यानो ओत पनि फर्काउन।
उल्टा सिधा जे पनि बोल्ने नकचरो,
हाम्रो लुटिएको सुन्दर सपना पनि फर्काउन ।
उल्क्याएर रन भुल्ल पार्न्सम्म पारी छार्योउ,
वर्वाद हाम्रो एक दशक पनि फर्काउन ।
युद्ध रापले दहित छत वीछत मनहरु,
आफन्त गुम्दा बगेको आँसु पनि फर्काउन ।
कालि मायाँको खोसिएको सिन्दुर पनि फर्काउन ।
गलत राइछाउ तिमी कालक्रमले सावित गर्यो,
आफ्नो पेट काटेर ख्वाएको गाँस पनि फर्काउन ।
रणभुमीबाट एकै चोटि शहर महल पस्योउ,
युद्धताका काटेको वस्तिको वास पनि फर्काउन ।
भाषण गजव तिम्रो चिसो रगत उम्ल्याउने,
मेरो शाहीद जवान छोरा पनि फर्काउन ।
सबल सक्षम नाम काम उचच तिम्रो,
समग्रमा शाहीद पन्द्र हजारलाई पनि फर्काउन ।