समय उल्ट्यो क्यार भागी जाउ भन्छे ।
तिमी भए हुन्छ खाली जाउ भन्छे ।।
कस्तो जोस चल्या त्यो कुरकुरे वैसमा ।
अरु उपाय नचले मागी खाउ भन्छे ।।
सोच बुझ शुन्य के हुन्छ भोली ।
यौवनले उन्मत डांडा काटी जाउ भन्छे ।।
सम्झाइ बुझाइ गर्छु पैसा छैन भन्छु ।
पेवा सुन जाकट राखी जाउ भन्छे ।।
अब हातमा हात थामी जाउ भन्छे ।।
कस्को के लाग्छर जवानीको भुत चढेसी ।
जहाँन बच्चा उत्तै फाली आउ भन्छे ।।
समाजले थुक्छ नानु भाग्नु हुन्न भन्छु ।
किन चिन्ता समाजको आजै राती जाउ भन्छे ।।