समय आउछ पर्खदैन ,बगेको खोला फर्कदैन ,
साथीहरुलाई देखी यो सागर कहिल्यै ,तर्कदैन
कहिले मिठा कहिले तिता, कुराहरुत भई हाल्छन .
दुई चार शब्द ,भन्दैमा सागर कहिल्यै झर्कदैन !!
दु:ख सुखमा साथ् दिदा भाग्यमानी ठान्छु आँफैलाई ,
घाउहरुमा यो सागर ले नुन खोर्सानै ,कहिल्यै छर्कदैन !!
परेको बेला साथीहरुलाई जिउज्यान दिन तैयार हुन्छु
ठुला कुरा गरी थर्काउदैमा ,यो सागर कहिल्यै थर्कदैन !!