सम्झनाको तरेलीमा बसेर त हेर ।
तिम्रो लागि मरीदिन्छु डसेर त हेर ।
चाहन्छु म तिमीलाई र'पो मायाँ गर्छु
हैन भने मन भित्र पसेर त हेर ।
बिछोडको पल साह्रै नै'घातक हुन्छ
झुटा प्रित भित्र तिमी फसेर त हेर ।
दिन्न चोट बरु ज्यान दिन्छु हैन भने,
मायाँ गरि दिल भित्र कसेर त हेर ।