संयोग र वियोगको, मेल हो कि जीवन
सुकिहाल्ने बर्षातको, भेल हो कि जीवन
मरी मरी दुख गर्यो, सुख शान्ति छैन
बाध्यता र विवसताको, नेल हो कि जीवन
गर्न पनि नसकिने, हेरी छाड्न भेन
बन्धन र व्यवधानको, जेल हो कि जीवन
यता टाल्यो उता टाल्यो, जता ततै प्वाल
समय र नियतिको, खेल हो कि जीवन
प्रकृति र विधाताको, झेल हो कि जीवन