सङ्गै बसी कसम खाउ भन्दा खान्न नभन न ।
तीम्रो हात समाई जाउ भन्दा जान्न नभन न ।।
साथ पाउने उमङ्गले चङ्गा सरी यो मन हुँदा ।
धागो तीमी तानी देउ भन्दा तान्न नभन न ।।
दुनियाँको नजर सामु धुलो सरी खस्न नपाई ।
तीम्रो पास थामी देउ भन्दा धान्न नभन न ।।
मेरो खुशी सबै सुम्पे तीमिलाई आफ्नो मान्दै ।
राख्या कुरा मानि देउ भन्दा मान्न नभन न ।।
मलाईपनी साथ लैजाउ भन्दा लान्न नभन न ।।