संगै मर्ने संगै बाँच्ने बाचा हाम्ले खा'को हैन र?
जुगौं जाने अजम्बरी प्रिती हाम्ले लाको हैन र?
छाडि आएँ सारा याद घाऊ बनी दुखी रहेछ
मेला पात जाँदा संगै प्रिती भाका गा'को हैन र?
नभुले है मेरी सानी अतितका दिन तिमीले
सुख दु:ख हाँसो खुशी संगै बाँडी आ'को हैन र?
साथै रोयौं अंगालेर दुख्दा मुटु मध्य रातमा
भाग्य लेख्ने दैब खोज्दै मन्दिर त्यो धा'को हैन र?
पिरतिको पाल राखी दिल हाम्ले छा'को हैन र?