संघर्षको मैदानबाट भाग्नेहरु धेरै देखें
दिनेहरु भन्दा पनि माग्नेहरू धेरै देखें
सफलतामै मिल्दो रहेछ साथ आफन्तको
नहुँदा चाहिं यता-उति लाग्नेहरु धेरै देखें
गर्छन अघि मिठा कुरा बगलीमा छुरा
पछिबाट धारे हात दाग्नेहरु धेरै देखें
नसुतेरै सुतेजस्तो गर्छन यहाँ मान्छेहरु
समयको थिचाई पछी जाग्नेहरु धेरै देखें