संसारकै अग्लो हाम्रो हिमाल जिन्दाबाद !
चिसो-चिसो हिम नदी,को छाल जिन्दाबाद !
भूगोलको कुना-कुना चलोस हल्लाहरु
मेरो देश खोला नाला र,ताल जिन्दाबाद !
भाषा धर्म आफ्ना-आफ्नै अनेक रितिथिति
दिव्य ज्योति छर्ने चैत्य बहाल जिन्दाबाद !
पौरखिलो जाति हामी बेच्दैनौं स्वाभिमान
प्राण भन्दा प्यारो हाम्रो नेपाल जिन्दाबाद !