संसारै भरि सुशान्ति छर्यौ तिमीलाई प्रणाम छ
अज्ञानता र अन्धकार हर्यौ तिमीलाई प्रणाम छ
"नबोल्नु झूटो,नचोर्नु कहिल्यै,नगर्नु काटमार"
भनेर महान उपदेश गर्यौ तिमीलाई प्रणाम छ
लत्याई दियौ बिषयी भोग र राजशी ठाँट बाँट
सन्यासी हुँदै साधुभेष धर्यौ तिमीलाई प्रणाम छ
"प्राणीमा दया देखाउनु सधैं"बारम्बार भन्दथ्यौ
देवलोकबाटै धर्तीमा झर्यौ तिमीलाई प्रणाम छ
सबैलाई सधैँ सिकायौ पाठ सद्भाव र सद्प्रेमको
हृदय भित्र सद्बिचार भर्यौ तिमीलाई प्रणाम छ
सम्मान गर्दै "बुद्ध"का बाणी सम्झियौ जसजसले
यो भवसागर अवश्य तर्यौ तिमीलाई प्रणाम छ