सपनीमा अचेल म टुक्रिएको देश देख्छु ।
नरोकीने पाऊहरमा नोकीला ठेस देख्छु ।
रक्षक नै भक्षक भए कसको भर पर्नु खै ।
सबैकान चिरिएका साधूकोझैं भेष देख्छु ।
विदेशीन कहर छ कस्ले बुझ्छ पीरमार्का ।
युवा छैन त्यहाँ केवल फूलेको केस देख्छु ।
असल पाऊ बढ्यो भने प्रवृति छ तान्नेकै ।
राम्रो अब लोप भयो दुश्ट मात्र शेस देख्छु ।
बलिदान लिनू पर्ने नेताकोनै बेस देख्छु ।