सातै जूनी तिमी मेरो हुनै पर्छ भन्दिन म,
मैले रुँदा तिमी पनी रुनै पर्छ भन्दिन म।।
जल्न सक्छ जीन्दगी नै पारीलो त्यो घाम सँगै,
सधै भरी शितल दिने जूनै पर्छ भन्दिन म।।
कर्म गरे धर्म हुन्छ सोधी हेर आफैलाई,
लज्जीत भै मेरै पाऊ छुनै पर्छ भन्दिन म।।
दुई दिने चोला न हो हाँसी खुशी बाँच्नु पर्छ,
आँसुले नै मुहार त्यो धुनै पर्छ भन्दिन म।।
भित्रा भित्रै टुक्राउने घुनै पर्छ भन्दिन म।।