सातै रंग इन्द्रेणीको मुहारमा खुल्यो तिम्रो
मायाको बिऊ रोपेको थे मुस्कानमा फुल्यो तिम्रो
फ़र्फ़राउछ् नयन यो घरि घरि प्रभातमा
दर्शन प्रिय यो मनमा एक फेर डुल्यो तिम्रो
खनीजोती मायाको खेत यी आँशुले भिजाएथे
मुटुभरि मोति जस्तो सम्झना पो झुल्यो तिम्रो
भन्दिन म तिमी मात्र जिन्दगीमा भेटे मैले
किन कुन्नी सबै भन्दा माया धेरै चुल्यो तिम्रो
कहाँ थियो तातो हरे,चिसै थियो दिलको कुवा
पिरतीको मीठो चिनी यो मनमा घुल्यो तिम्रो
मायाको बिऊ रोपेको थे मुस्कानमा फुल्यो तिम्रो- !!!