आँखाबाट निकाले नि, परेलीमा अल्झिरह्यौ!
यो दिलको घाऊ बनी, घरी घरी बल्झिरह्यौ!!
सोतार-सातार बटुलेर, बार बेर गरी राख्या,
यो मनको झुपडीमा, आगो बनी सल्किरह्यौ!!
थाहै नपाई घरभित्र, लुकी लुकी चोरी चोरी,
दुध खान पल्किएको, बिरालो झै पल्किरह्यौ!!
विहानीको घामजस्तै, आँखाअघि झुल्किरह्यौ!
यो दिलको घाऊ बनी, घरी घरी बल्झिरह्यौ !!