साथमा बोतल सराब थियो हिंजो राती!
र मस्तिस्कमा तनाब थियो हिंजो राती!
छोडेर गई पापिनी ले, दो-बाटोमै मलाई!
जीनै पर्ने उस्को दबाब थियो हिंजो राती!
वार की त पार गर भन्ने मेरो प्रश्न थ्यो!
'बिर्सिदेउ'' भन्ने जवाब थियो हिंजो राती!
उनको त्यो बचन बाणले मुटु दुखायो र!
नैनमा आँसूको बहाव थियो हिंजो राती!
कापी, कलम, किताब थियो हिंजो राती!