सति श्रापले शिर गिरेको नहोस मेरो देश ।।
शहीदका रगतले पिरेको नहोस मेरो देश ।।
सहिष्णुता माथि धावा बोल्न लगाएर ।
एउटै आँगन मन चिरेको नहोस मेरो देश ।।
करोढौँको आष त्यो ब्यर्थै खेरनजाओस ।
शोषकहरुकै दिन फिरेको नहोस मेरो देश ।।
नहाँसून यूगले हेरी हाम्रो बेहाल यि ।
असफलको छाप भिरेको नहोस मेरो देश ।।