भाइटीकालाई बोलाउने, सयपत्रीका यी थुंगा,
माता लक्ष्मी लोभ्याउने, सयपत्रीका यी थुंगा ।।
सुन्दर पहेंला लोभलाग्दा, देख्दा लाग्छन् हलुंगा,
भाइबहिनीमा स्नेह सजाउने, सयपत्रीका यी थुंगा ।।
माला सुन्दर अरु जति होउन् ती, मोती र मुंगा,
गलामा सजिएको सुहाउने, सयपत्रीका यी थुंगा ।।
परदेश भाइ, घरमा बहिनी रुने, छातीमा ढुंगा,
कतै हर्ष, कतै मन रुवाउने, सयपत्रीका यी थुंगा ।।
खालमा जुवा हार्नैहरु रुने, जित्ने मुसार्ने जुंगा,
हारमा पनि चित्त बुझाउँने, सयपत्रीका यी थुंगा ।।
द्यौसीभैलो, तीहार संझाउने, सयपत्रीका यी थुंगा ।।