सय थरी गोडाको एउटै चाल हुनु पर्छ ।
देश पर्दा बिपत्तिमा हामी ढाल हुनु पर्छ ।
नेपालआमा गीत हाम्रो भाका पनी उनी
हातेमालो गर्दै नाँच्ने एकैताल हुनु पर्छ ।
बैरीआँखा लाऊँदैछ मेरो देश हत्याउन ।
दुश्मनलाई तिमी, हामी काल हुनु पर्छ ।
शुद्ध पार्न जान्नु पर्छ समुन्द्र झैं हाम्ले ।
पन्छ्याउँदै फोहोर मैला छाल हुनु पर्छ ।
हुनुहुन्न शंतिभूमि रगताम्य भएकोनी
न त अब हाम्रो देशमा ब-बाल हुनु पर्छ ।
नेपालमा साँच्चै भने क-माल हुनु पर्छ ।