सैयौजुनी सम्म रहोस् लेखिएको प्रेमकथा ।
सारंङ्गीझै गूंजी रहोस् रेटिएको प्रेमकथा ।।
तिम्रोमेरो ज़िन्दगानी अल्पिएर गए पनि ।
खोजीखोजी पढ़ीरहोस् मेटिएको प्रेमकथा ।।
रोमियो र जुलिएट जस्तै होस हाम्रो प्रीत ।
समाजले बार बारी छेकिएको प्रेमकथा ।।
प्रेम गरी रुदैरुदै जुनी फाल्यौ भन्ने लेख ।
सिलाजुमा छाप्या होस भेटिएको प्रेमकथा ।।
वियोगीको पानाहरू च्यातिएर गए पछि ।
यदाकदा भेटीयोस टेकिएको प्रेमकथा ।।