शत्रुले झै खुट्टाहरु तान्ने बानि छैन मेरो
मुटु छेड्ने तिखा वचन हान्ने बानि छैन मेरो
स्वतन्त्रता पाउनु पर्छ यदि मान्छे भई बाच्ने भए
कसैलाई नि जन्जिरले बान्ने बानि छैन मेरो
भनेको त सुन्नै पर्छ निर्णय त आफ्नै मनको
आखा चिम्लि सबै कुरा मान्ने बानि छैन मेरो
हुदा खाने हुने खाने सबै मेरा आफन्तै हुन
लवाई खवाई हेरी मान्छे छान्ने बानि छैन मेरो
दुई दिनको चोला हो रे सबै सगँ हासि बोलु
आफुलाई नै सर्बे सर्बा ठान्ने बानि छैन मेरो