सिर्जनाका चोरहरु धेरै बढे यहाँ
रचनामा फोहोरहरु धेरै बढे यहाँ ।
आजपनि अस्मीजीको गजल चोरियो
बैमानीका बागडोरहरु धेरै बढे यहाँ ।
कहिलेसम्म हामी त्यसै थुनिएर बस्ने
उपहासका खोरहरु धेरै बढे यहाँ ।
कोहीको नाम बेची आफ्नै बाढी ल्याउने
कोशी र तमोरहरु धेरै बढे यहाँ ।
कलमभित्रै कठोरहरु धेरै बढे यहाँ ।