श्रृजनाका फुलबारिमा फुलुन सदाबहार फूलहरु
गरुन सच्याउन मद्दत भ्रमराका साह्रा भुलहरु ।।
हटुन दिमागका काला दाग र लागेका पर्दासबै
सुकुन विकृतिका साह्रा भङ्गाला अनि मुलहरु ।।
भ्रमरा रमाउने बास्नामा माहुरिलाई रस चाहिने
कलह त्यो मेटाउनलाई बनुन मित्रताका पुलहरु ।।
मल्हम-पट्टि होस घाउमा सितलता प्राप्त होस
मद्दत पुगोस हटाउन आत्मामा गडेका सुलहरु ।।
सक्षम गराउन सब जनलाई टक्टक्याउन धुलहरु ।।