सृष्टि फल्ने धर्ति हजुर, म त जाबो फाली न हुँ ।
सधैं पाउ सहि रहने, म त जाबो आली न हुँ ।
फूलै फूलका थुँगा हजुर, हजुरकै तारिफ हुन्छ,
बिछोड अनि चोट खेप्ने, म त जाबो डाली न हुँ ।
गंगा जी को जल हजुर, हजुरकै निश्छल गाथा,
लुकेर उधें बगी जाने, म त जाबो नाली न हुँ ।
बहुमूल्य धातु हजुर, हजुरकै पूजा-आजा,
खोलेफांडो मुछ्ने गिल्टे, म त जाबो थाली न हुँ ।
सिख्रै भएको रुख जस्तै, म त जाबो खाली न हुँ ।