शुभ-कामना सबैलाई नया सालको ।
छुट्टै उमंग जागोस फेरी नया खालको ।
जे जे भयो बिर्सिदिनु सबै भूल सम्झेर ।
फेरी नौलो पाइला हिडौ नया चालको ।
हिजो सम्म जस्तो भयो भूल सुधार गरौ ।
खबर सुन्न पाइयोस अझै नया हालको ।
शांति छाओस जताततै देशले निकाश पाओस ।
भन्दै सबै सुन्न पाऊ भाका नया तालको ।
शुभ -कामना सबैलाई नया सालको ।
छुट्टै उमंग जागोस फेरी नया खालको ।