सिद्धिएका रासनका थैला पो हो कि जिन्दगी
अभावमा रित्तिएका घैला पो हो कि जिन्दगी
यात्रा केहि अधुरो अपुरो,खाली खाली,जस्तो
बिधताको पन्छाएको मैला पो हो कि जिन्दगी
जंगलको न्याय अझै कति सहनै पर्ने हो यस्तो
जित्न कसैलाई खसाल्नु पैला पो हो कि जिन्दगी
लिनुदिनु, किनबेच मानौं ब्यापार जिन्दगी
उच्छवासको यस्तै खैलावैला पो हो कि जिन्दगी
सिद्धिएका रासनका थैला पो हो कि जिन्दगी
अभावमा रित्तिएका घैला पो हो कि जिन्दगी - !!!