शिर झुकाई ईन्द्रेणिले भन्छ'म'तिम्रै निम्ती आए ।
छाती फटाई बाद्लुले भन्छ मैले तिम्रै निम्ती धाए ।।
सिसिरयाम मा हावा को सरसराहट र बन पाखा ले,
भन्छ,दोहोरी र हाक्पारे मा तीमिसङ्गै गीत गाए ।।
सधैं कन्दरा मा निर्झर बग्ने झरना र पन्धेरी ले,
भन्छ,अजम्बरी साथ रहने तीमिसङ्गै प्रित लाए ।।
मिरमिरे मा सितको थोपा र जुन को किरण ले,
भन्छ,मुस्कुराउदै जिउनेआधार तीमिसङ्गै हित पाए ।।
भन्छ,समयको रफ्तारमा फेरीरहने मित लाउन आए ।।