शीर माथि राखी दिने हात हुँदैन परदेशमा ।
चौतारीमा बसी मिठो बात हुँदैन परदेशमा ।।
कामै काममा उस्तै लाग्छन बित्ने चारै प्रहर ।
सिरेटोले सुसेलिने प्रभात हुँदैन परदेशमा ।।
असारमा हिलो छ्याप्दा बैँश मातिन्थ्यो झन ।
ति दिनका झल्को दिने मात हुँदैन परदेशमा ।।
दुखे एक्लै दुख्नु पर्छ सम्झिएर आफ्नालाई ।
मन राख्ने सान्तवनाका खात हुँदैन परदेशमा ।।
कठोर श्रम भए पुग्छ मुल्य पा'को चुकाउन ।
मानवता देखाउने जात हुँदैन परदेशमा ।।