सिर्रसिर्र शीतल पवन, चल्दा किन रुन्छ्यौ?
अँधेरीमा झलमल दियो, बल्दा किन रुन्छ्यौ??
त्यस्तो थिएँ, यस्तो भएँ ! यस्तै रै'छ जीवन !!
छल्यो पापी नियतिले ! छल्दा किन रुन्छ्यौ?
अमृतको बोट अनुवाद भो', विषको बोटमा सानी !
विषको बोटमा विषै फल्छ, फल्दा किन रुन्छ्यौ?
जलाउनै पर्यो आखिर !नजलाए सड्छ !!
के काम नत्र प्राणहीन तनको?जल्दा किन रुन्छ्यौ??
सिर्रसिर्र शीतल पवन, चल्दा किन रुन्छ्यौ?
अँधेरीमा झलमल दियो, बल्दा किन रुन्छ्यौ??