सोझासाझा जन हेर दानवमा राम देख्छन्
झुटा राम पाप गर्छ जन फेरि धाम देख्छन्
लुट गर्छ,पेट भर्छ खुलेआम खुन गर्छ
आफू बाँच्न अरु मार्नु हत्याराले काम देख्छन्
रातोदिन श्रम गर्ने इमान्दार हार्छ यहाँ
बेईमानी गर्नेको नै सबै ठूलो नाम देख्छन्
दिनलाई रात पार्न हत्केलाले सूर्य छेक्छ
मुर्ख हेर रविलाई सानो सानो घाम देख्छन्
आफू बढ्न हामीलाई खुबै पेल्ने ठाम देख्छन्