सुनाउछ समयले आतङ्कको राग सधै
लुटिदैछन् फूलहरू रक्ताम्मे छ बाघ सधै
रेटिदैछ प्रतिदिन चेतनाको घाटी यहा
लागेको छ चरित्रमा कलुषित दाग सधै
बेचिदैछ स्वाभिमान आज खुला बजारमा
खोसिँदैछ यो धर्तीमा निमुखाको माग सधै
मिचिदैछ इमान र सद्भावको साधसीमार्
गर्छन् सबै आफ्नै सुख-सुविधाको माग सधै
गर्न सक्नुपर्छ आफ्नो स्वार्थ त्याग सधै