सुनाऊन मन लाग्यो कथा गाउँ घर को ।
झुपडी त्यो चुहिने मक्किएको खर को ।
सुधार्नलाई उद्रिएको कमाउने रहरलेनै ।
पसें विदेश दुःख पाईयो कामै छ डर को ।
आफ्नो भन्ने कोही छैन एक्लो छू म त ।
केही पर्दा साथ दिने कोही छैन भर को ।
आफ्नै देशमा केही गरी खान सकिएन ।
बेचिए झैं भान हुन्छ भर छैन खै हर को ।
छायाँ हौ मेरो"शीतल"तिमी नै वर को ।