सुन्दैछु म अन्तै तिर साथ पायौ अरे
मलाई छोडी अरु संगै माया लायौ अरे
तिम्रै बाटो कुरी बसें दोबाटोमा एक्लै
मेरो माया मारी पराइ तिरै धायौ अरे
चोखो माया तिम्रै लागि साँचेको'थे तर
उसैसंग, झुटो बाचा कसम खायौ अरे
गरिबको सप्नालाई सल्काएर आगो
उसैको त्यो मन मुटु भरि छायौ अरे
उत्साहको गीत रमाई तिम्ले गायौ अरे