सुनिन्दैछ, सुन्दर नेपाल मा भाग बण्डा हुँदैछ रे,
सन्तान सबै छुट्न लाग्दा मेरी आमा रुदैछ रे ।।
चार जात छत्तिस वर्ण एउटै साझा फुल्बारी मा,
एउटा थुङ्गा खस्न खोज्दा सयौ थुङ्गा रुदैछ रे ।।
जात, जाती, भेष-भुषाले सजिएको प्यारोदेश मा,
काखा, पाखा पार्न खोज्दा सबको मन रुदैछ रे ।।
जातिय र भौगोलिकमा शासन सत्ता तानातान ले,
गुरासफुल्ने पखेरु र डाफे नाच्ने तारेभिर रुदैछ रे।।
कोशी कर्णाली अलग हुँदा लुम्बिनी त्यो रुदैछ रे।।