सुनको थालमा चारै गास सुनै खाए पनी ।
मान्छे त मान्छे नै हो गरीब होस या धनी ।
ब्याबहारले चिनिएको हुनु पर्छ मान्छेहरु ।
असल कर्म स्वच्छमनले ज्ञानी जस्तै बनी ।
घमण्ड र कुवीचारले भरिएको न हौ तिमी ।
मरे पछि हिसाब किताब दिनु पर्छ है गनी ।
कसैलाई आँखा बनी बाटो तिमी देखाउनु ।
जल्नै परे जल्नु पर्छ दियो जस्तै दन्-दनी ।
न की कुनै बाटो भरी मार्न,खाडल खनी ।