शुन्यताको आभाष छ, चिसो-चिसो वतास छ !
एक्लै रम्ने मन मेरो, आज किन उदास छ ?
चन्दा लुकी कता-कता, शुन्य मेरो आकाश छ !
टिम्-टिम् साना सिताराको, ज्योतिमा के विश्वास छ ?
यो नितान्त एक्लोपन् मा, तिम्रो कमी पुरा गर्ने,
यौटा साथी बोत्तल छ, अनि यौटा गिलास छ !
पिउँछु म जती-जती, तृष्णा जाग्छ उती-उती,
तिमी बिना न-मेटिने, खै अनौठो यो प्यास छ !
भरोसा त मरी सक्यो, बाँकी बस् एक् आश छ !
(शुन्यताको आभाष छ, चिसो-चिसो वतास छ !
एक्लै रम्ने मन मेरो, आज किन उदास छ ?)