सुस्त सुस्त आयौ र दिल थमाएर गयौ ।
मनमा प्यार सल्के पछि रमाएर गयौ ।।
दुबै पट्टि पग्लिएछ नौनी सरी मन ।
आफ्नो दिलको हाल सब छमाएर गयौ ।
झुकेँ म तिमी सामु बिश्वास जिते पछि ।
तिमी मेरो भन्दै हक जमाएर गयौ ।।
लजाउदो मुहार लाली चढेको थियो ।
मन भरिको बिश्वास कमाएर गयौ ।