स्वार्थ पुरा गर्न यसै मर्नेहरु
कमी छैन यहा भ्रम छर्नेहरु
गरिबको नाङ्गो फोटो देखाएर
बिटो झारी आफ्नै झोली भर्नेहरु
फुर्ती हाक्छ अझै उनै जान्ने भई
लौरी बिर्सिएर खोली तर्नेहरु
हास्छ बोल्छ सगैं सुख पर्दासम्म
पछि छुरा धस्छ आफ्नै पर्नेहरु
यति कुरा बुझे लोभ गर्नेहरु