स्वच्छ सोंच हृदयमा साँच्नु ठुलो कुरा लाग्छ ।
दु:ख गर्दै भा'नी अज बाँच्नु ठुलो कुरा लाग्छ ।
दर्द अनि पिडाहरु मानबको ति साथि हुन्,
त्यसैले त रुनु भन्दा हाँस्नु ठुलो कुरा लाग्छ ।
अनार्य ति बस्ति भित्र उस्तै क्रुर टुसाहरु,
पलाएमा सबै मिली भाँच्नु ठुलो कुरा लाग्छ ।
मान्छे सबै मान्छे हुन्नन्,नरपशु पनि हुन्छन,
बिश्वास ति गर्नु अगी जाँच्नु ठुलो कुरा लाग्छ ।
डिस्को अनि दोहोरीमा स्वांग पार्न धाउनु भन्दा,
बरु आफ्नै आगनीमा नाँच्नु ठुलो कुरा लाग्छ ।